जनकपुरधाम : श्राद्धको भोज खान भारत गएका छोरा मृत अवस्थामा भेटिएपछि धनुषाको शहीदनगर नगरपालिका ९ को एक परिवार शोकमा डुबेको छ ।
२७ असारको रातिदेखि बेपत्ता भएका २३ वर्षीय दीपेश रजकको परिवार शोकमा डुबेको हो । साथीसँगै भोज खान भारत गएका उनी एक्कासी सम्पर्कविहीन भएपछि चौतर्फी खोजतलास गरिएको थियो ।
खोजी गर्ने क्रममा दीपेशको शव बिहारको छतौनी पञ्चायतस्थित बछराजा नदीमा प्रहरीले मृत अवस्थामा फेला पारेको थियो । उनका बुवा सतिशनारायण भारत पुगेर नेपाल शव लिएर आएका थिए ।
धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले शव नेपाल ल्याउँदा शरीरमा केही चोटपटक लागेको देखिएको बताए ।दीपेश वैदेशिक रोजगारीबाट ६ महिना अघि मात्र नेपाल फर्किएका थिए ।
उनी पुनः वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । दीपेशका पिता सतिशनारायणले आफ्ना छोराको ह‘त्या गर्नेलाई कानून अनुसार कारबाही हुनुपर्ने बताएका छन् ।