0
Shares
बारा ः बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्वसंविधानसभा सदस्य प्रमोद गुप्ता कारागार चलान भएका छन् ।
मधेश आन्दोलनको क्रममा २०७४ सालमा राज्यद्वारा द्वेशपुर्ण रुपमा लगाईएको आगजनी मुद्दामा अदालतबाट कसुरदार ठहर भइ जेल सजाय र धरौटी भर्ने आदेश भएको थियो ।
बिहिबार जिल्ला अदालतमा पूर्वसंविधान सभा सदस्य गुप्ता र जसपाका नेता अरुण सिंहलाई वीरगंज करागार पठाइएको थियो ।
आन्दोलन ताका कलैया अस्पतालका मेसुको गाडीमा आगजनीको मुद्दामा गुप्ता र नेता सिंहमाथि ६ महिना कैद र १०/१० लाख रुपैयाँ बिगो असुल उपर गर्ने अदालतले फैसला गरेको थियो ।