सर्लाही ः सर्लाहीबाट लागुऔषध चरेश सहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ११ का ५९ वर्षीय बिर बहादुर बल, कैलाश गाउँपालिका वडा नं. ५ का २५ वर्षीय सुकराम पाख्री र काभ्रे जिल्लाको नमीबुद्ध नगरपालिका वडा नं ११ का सुकलाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
प्रहरी चौकी गोरखकाली तथा सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटेको प्रहरीको संयूक्त गस्ती टोलीले मलंगवा नगरपालिका वडा नं. २ स्थित नेपाल भारतको सिमाना नजिक चेक जाँचको क्रममा बिर बहादुर बललाई लागु औषध चरेश जस्तो देखिने पदार्थ ५ किलो ५०० ग्राम सुकराम पाख्रीनलाई लागु औषध चरेश जस्तो देखिने पदार्थ ५ किलो ६०० ग्राम र सुकलाल तामाङको साथबाट भारतीय रुपैया ५ सयको ३२ वटा नोट गरी १६ हजार भारु रुपैया सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।