Sunday 16th of June 2024

टोकियो ओलम्पिकमा चीनलाई पहिलो स्वणर् पदक

0 Shares

काठमाण्डौ – टोकियो ओलम्पिकमा चीनले पहिलो स्वणर् पदक जितेको छ ।

आज बिहान महिलातर्फको १० मिटर एअर राइफलमा चीनकी चियान याङले स्वणर् पदक जितेकी हुन् । २१ वर्षीया याङले फाइनलमा रुसकी अनास्तासिया ग्यालासिनालाई हराइन् ।

याङले २ सय ५१ दशमलव ८ अङ्क जोड्दै पहिलो स्वणर् पदक जितेकी हुन् । ग्यालासिनाले रजत पदक प्राप्त गरिन् । यसै स्पर्धाको छनोटमा खेलेकी नेपालकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाइन् ।

राष्ट्रिय कीर्तिमान बनाए पनि उनी फाइनल चरणमा पुग्न सकिनन् ।

प्रतिक्रिया