टोकियो ओलम्पिक ः जुडो खेलाडी सोनिया भट्ट रुसकी डोल्गोभा इरिनासँग पराजित

काठमाण्डौ – टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् ।

राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् ।

१९ वर्षकी सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भइन । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन्।

इरिनाले फाइनलमा स्थान बनाए सोनियाले रेपेचेजमार्फत् फेरि प्रतिस्पर्धा गर्न पाउने छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार