महोत्तरीबाट उपचारका लागि जनकपुर जाँदै गरेकी महिलाको दुर्घटनामा परि मृत्यु

महोत्तरी ः महोत्तरीमा सवारी दुर्घटनामा एक बिरामी महिलाको मृत्यु भएको छ ।

बिरामी भएपछि उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर आउँदै गरेकी महोत्तरीको लोहारपट्टी नगरपालिका–२ बस्ने ४५ वर्षीया रामबासी देवीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

उनी स्थानीय आशाराम दासले चलाएको ज १० प ८८७४ नम्बरको मोटरसाइकलमा सवार भई जनकपुरतर्फ आउँदै गरेकी थिइन् ।

सो क्रममा लोहारपट्टी नगरपालिका–२ स्थित बिगही पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा रामबासी देवी गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनामा घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरधाममै उपचारकै क्रममा मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले बताए ।

घटना पश्चात मोटरसाइकल चालक फरार भएका छन् । चालकको खोजी कार्य र घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया