Wednesday 29th of May 2024

धनुषामा पुलनिर्माणको सामग्रीहरु चोरी ,दुईजना पक्राउ । ।

0 Shares

जनकपुरधाम :  धनुषामा नदिको पुल निर्माण सामग्री चोरीमा संलग्न दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

मिथिला विहारी नगरपालिका वडा-५ स्थित तारापट्टी हुंदै ललिया जाने उत्तीमपुर नदि पुल निर्माणका लागि राखिएको सामग्री चोरीमा संलग्न दुई जनालाई शुक्रवार अवेर राती प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार राती साढे ११ बजेको समयमा पुल निर्माण स्थलबाट चोरी गरी लग्दै गरेको अवस्थामा प्रहरीले मिथिला विहारी नगरपालिका वडा नं.५ बस्ने महादेव मण्डलका छोरा वर्ष ३० का धिरेश मण्डल र मंजुलाल रजकलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।

पुल निर्माण स्थलबाट पाँच सात बण्डल छड चोरी गरि लग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको धनुषाधाम ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरेश ठाकुरले जानकारी दिए । निर्माणाधिन पुलको सामग्री चोरी गरी लग्न लागेको सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको उनले बताए । उनीहरुसंगै रहेका अन्य व्यक्तिहरु प्रहरीलाई देख्नासाथ फरार भएको समेत बताइएको छ ।

पक्राउ परेका मण्डल र रजकलाई थप अनुसन्धानका लागि धनुषाधाम ईलाका प्रहरी कार्यालयमा राखिएको छ । फरारहरुको समेत खोजी कार्य जारी रहेको प्रहरी निरिक्षक ठाकुरले जनाए ।

उक्त पुल निर्माणका सामग्रीहरु पटक पटक चोरी हुँदै आएको स्थानीहरुको भनाई छ ।

प्रतिक्रिया