Wednesday 24th of July 2024

महाेत्तरीकाे वर्दिवासमा एक वृद्धाको शव भेटियो

0 Shares

गौशाला :  महोत्तरीको वर्दिवासमा एक बृद्धाको शव फेला परेको छ । आज दिउँसो अन्दाजी ६५/७० बर्ष उमेर भएकी मंगोलियन मूलको अनुहारजस्तो महिलाको शव वेवारिसे अवस्थामा फेला परेको हो ।

वर्दिवास नगरपालिका १ स्थित भव्सी पुलमुनि वेवारिसे अवस्थामा भेटिएकी सो महिलाको शवको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय वर्दिवासले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया