Tuesday 28th of May 2024

गोरहन्ना र मझौलियाबाट ५ थान मोटर विद्युत प्राधिकरण गौशालाकाे नियन्त्रणमा

0 Shares

गाैशाला : महोत्तरीको गौशाला नगरपालिकामा रहेको विद्युत प्राविधिकरणका एक टोलीले ५ थान मोटर (एक ईन्च, डेर इन्च र तीन इन्च) गरि एक थान मीटर सहित नियन्त्रणमा लिएको हो ।

विद्युत प्राधिकरण गौशालाबाट फेकन चौधरीको नेतृत्वमा खटिएको टोलीले शनिबार भंगहा नगरपालिकाका मेघनाथ गोरहन्ना र मझौलियामा चोरी गरी मोटर चलाई रहेको बेला टोलीले पाँच थान मोटर सहित एक थान मीटर नियन्त्रणमा लिएको कार्यलय प्रमुख विक्रम साहले जानकारी दिनुभयो ।

मीटर छोडन विद्युत प्राविधिकरणले तोकेको अनुसार जरिवाना तिरी मात्र छोडने वहाँले बताउनुभयो ।

प्रतिक्रिया