Thursday 6th of February 2025

प्रदेश २ मा कोरोना संक्रमण दर घट्यो

0 Shares

जनकपुरधाम: प्रदेश २ मा कोरोना संक्रमण दर घट्दोछ । प्रदेश २ का ८ जिल्लामा केही सातायता संक्रमितको संख्यामा उल्लेख्य कमी आएको हो ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का अनुसार हाल यस प्रदेशमा ४ सय ६६ जना मात्र कोरोनाको सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितहरुमध्ये २५ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने ४ सय ४१ जना होम आइसोलेशनमा रहेको प्रदेश २ का स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाका अनुसार प्रदेशको ८ मध्ये ५ वटा जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या ५० भन्दा कम रहेको हो ।

निर्देशक झाका अनुसार अहिले सबैभन्दा कम सर्लाहीमा ९ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । त्यस्तै रौतहटमा ३४, पर्सामा १९, सिरहामा ३०, सप्तरीमा ४३, बारामा ५०, धनुषामा ५९ र महोत्तरीमा १  सय ९७  जना कोरोनाको सक्रिय संक्रमित छन् ।

प्रदेशमा हालसम्म ३७ हजार ६  सय  ७  जनामा कोरोना संक्रमण भएको छ। संक्रमितहरुमध्ये २८ हजार १९  जना पुरुष रहेका छन् भने ९ हजार ५ सय ८८ जना महिला छन् । त्यस्तै कोरोनाबाट निको हुनेको संख्या ३६ हजार १ सय ४१  पुगेको छ भने कोरोनाबाट १ हजाको को मृत्यु भएको हो ।

प्रतिक्रिया