एमाले गुण्डा दल हैन, देशका धेरै जनसंख्या मरो साथमा छ: ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनसंख्या एमालेको पक्षमा रहेको बताएका छन् । अखिल नेपाल महिला संघले आइतबार गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको सबभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा रहेको, केपी ओलीको साथमा रहेको बताएका हुन् ।

सम्बोधनमा ओलीले ‘एमाले कुनै गुण्डा दल नभएको पनि बताए ।’एमाले कुनै गुण्डा दल होइन। परिपक्व राजनीतिक पार्टी हो। यसलाई देशको मुहार फेर्ने अभिभारा छ, ओलीले भने।’ एमाले वरिष्ठ नेता नेपालले हालै मात्र सुण्डमुसुण्डहरुले आफूलाई तर्साउन खोजेको बताएका थिए । अपराध कर्मको नेतृत्व गरिरहेकाहरुको सन्दर्भमा आफूले धेरै भनिरहेको भन्दै ओलीले थप केही नभन्ने बताए । ।

उनले पार्टीभित्रका अन्तरघातीलाई नङ्ग्याउनुपर्ने पनि बताए। पार्टीलाई ध्वस्त पार्न खोज्नेबाट जोगाउनु पर्ने उनको भनाइ थियो। स्वार्थको किनबेचबाट भन्दा पनि विचार र सिद्धान्तमा केन्द्रित भई अनुशासनमा बाँधिएको अग्रगामी शक्ति एमाले भएको उनले बताए।

पार्टी एकता भन्दै अहिलेसम्म पनि एमालेविरुद्धको गठबन्धन बैठकमा सहभागी भइरहेकोप्रति ओलीले आपत्ति जनाए । सम्बोधनमा उनले संविधानको रक्षा गर्ने भनेर माधव नेपाल पक्षले कम्युनिष्ट ढाल्न र दक्षिणपन्थी सरकार बनाएर नुनको सोझो गर्न सदन वहिष्कार गरेको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार