स्वास्थ्य राज्यमन्त्रीको सपथ ५ बजे

काठमाडौं ः  नवनियुक्त स्वास्थ्य मन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा साँझ ५ बजे सपथ कार्यक्रम राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

श्रेष्ठ नेपाली काँग्रेसबाट समानुपातिक सांसद हुन् भने करिब ३९ वर्षदेखि उनी शिक्षा क्षेत्रमा क्रियाशिल रहेका छन् । राजधानीको चर्चित स्कुल लिटिल एन्जल्सको सञ्चालक समेत रहेका उनको कृषि, जलविद्युतलगायतका क्षेत्रमा पनि  लगानी रहेको छ ।

प्रतिक्रिया