0
Shares
गौशाला ः महोत्तरीको गौशाला वजारमा पहिलोपटक महोत्सवको आयोजना हुने भएको छ । अगामी चैत्र ६ गतदेखि चैत्र १७ गतेसम्म गौशाला महोत्सवको आयोजना हुने भएको छ ।
गौशाला उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनकावीच सो को जानकारी गराईएको हो । उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहले गतबर्ष कोरोनाका कारण अन्तिम समयमा आएर स्थगित भएको महोत्सव यसपटक तोकिएकै मितीमा हुने जानकारी दिनुभयो ।
महोत्सवमा विभिन्न किसिमका स्थानियस्तरमा उत्पादित सामग्रीलाई स्टल खडा गरि प्रर्दशनीमा राखिने अध्यक्ष साहले बताउनुभयो । सरकारद्धारा वर्जित सरसमाग्रीहरु महोत्सवमा उत्पादन तथा विक्री वितरणमा पुर्ण रुपमा बन्देज रहने अध्यक्ष साहले प्रतिवद्धता जनाउनुभयो ।