Saturday 20th of April 2024

कानुन राज्य मन्त्रि कुशवाहाद्वारा सम्सी गाउपलिमा एकैदिन ३ योजनाको शिलान्यास

0 Shares

धर्वेन्द्र कुमार यादव”यदुवंशी”महोत्तरी । सोमवार एकैदिन ३ योजनाको शिलान्यास। प्रदेस २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाद्वारा समुदायिक भवन र बाउन्ड्रीवाल(पर्खाल) निर्माण गर्नका लागि  शिलान्यास गरेका छन ।

मन्त्री कुशवाहाको निर्वाचन क्षेत्र विकास कोषबाट क्षेत्रको विभिन्न स्थानमा दुई समुदायिक भवन र एक बाउन्ड्रीवाल(पर्खाल)निर्माणका लागि  शिलान्यास गरेका हुन । महोत्तरी जिल्लाको सम्सी गाउपलिक वडा ५ पोखरभिन्डामा रहेका रामजानकी कुट्टीका स्थानमा रहेका जग्गामा ३० लाखको लागतमा एक सामुदायीक भवनको शिलान्यास गरेका छन ।

शिलान्यास गरे संगै निर्माण कार्य अगाडी बढाईएको छ । सम्सी गाउपलिक वडा ४ गाढामा १५ लाखको लागतमा एक सामुदायीक भवन समेत मन्त्री कुशवाहाले शिलान्यास गरेका छन । यसैगरी सम्सी गाउपलिक वडा ३ लक्ष्मीनियामा रामजानकी कुट्टीको जगामा बाउनड्रीवाल (पर्खाल) निर्माण लाग्यतका कामका लागि शिलान्यास गरेका छन ।

उक्त कार्यक्रममा पूर्व स्वास्थ्य राज्य मन्त्री डाक्टर सुरेन्द्र यादव,जसपा पार्टीका क्षेत्रीय संयोजन (ख)रामसागर मण्डल,जसपा पार्टीका क्षेत्री ४ का क्षेत्रीय संयोजन गगनदेव यादव,सम्सी गाउपलिकाका नगर संयोजक कैलास यादव,संघीय परिषदका सदस्य गुडु झा(दिपक),वडा अध्यक्ष पन्नुलाल यादव लगायत क्षेत्रिय अध्यक्ष र क्षेत्र भरीका नेता तथा कार्यकर्ता स्थानियहरु समेतको उपस्थिति रहेका थिए ।साथौ प्रदेश २ का कानुन राज्य मन्त्रि कुशवाहा र पूर्व स्वास्थ्य राज्य मन्त्री डाक्टर यादवद्वारा पत्रकारलाई सम्मान गरेको छ ।

शिलान्यास गरिएको योजनाको निर्माण असार मशान्त भित्र सम्पन्न गर्नु पर्नेछ । निर्वाचन क्षेत्रमा बिकास कार्यलाई दृष्टीगत गरि बजेट ल्याएको मन्त्री कुशवाहाले बताए। स्थानिय जनताको मांग बमोजिम निर्माणकार्यमा आफ़ु अगाडी बढाईएको उनले बताए ।

आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा ज्यू द्वारा उहाको निर्वाचन क्षेत्र विकास कोषबाट क्षेत्रको विभिन्न स्थानमा शिलान्यास सम्पन्न भयो ।

प्रतिक्रिया