महोत्तरीमा हराएका बालक पोखरीमा डुबेरको अवस्थामा फेला

महोत्तरी : महोत्तरीमा हराएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

महोत्तरीको जलेश्वतर नगरपालिका ४ सुगा बस्ने लक्ष्मी महहतोका ४ वर्षीय छोरा आयुस महतोको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आइतब साँझ ५ बजे घरबाट हराएका बालक आयुस खोजतलास गर्ने क्रममा घरभन्दा ५ सय मिटर पुर्वमा रहेको पोखरीमा डुबिरहेको अवस्थामा फेला परेको थियो ।

सिकिस्त अवस्थामा रहेका बालकलाई तत्कालै उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल जलेश्वर पठाएकोथियो । अस्पतालमा उपचारको क्रममा साँझ ६ः२० बजे बालकलाई डाक्टरले मृत घोषणा गरेको थियो ।

बालकको शव जलेश्वर अस्पतालमै आइतबार पोष्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाएको र घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसी प्रकाश विष्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार