अश्लील TikTok बनाउने एक जना पक्राउ

काठमाडौं : प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लील टिकटक बनाउने एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ६ बर्मेली टोलका ३८ वर्षीय विकास भन्ने सोमप्रसाद घिमिरे रहेका छन् ।

सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर अश्लील भिडियो बनाएपछि घिमिरेविरुद्ध प्रहरी प्रधान कार्यालय साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखामा मानहानी र साइबर क्राइमअन्तर्गत उजुरी परेको थियो।

प्रहरीमा उजुरी परेपछि प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले घिमिरेलाई घरबाटै साउन ७ गते पक्राउ गरी साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौं पठाइसकेको प्रहरीले बताएको छ। No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार