रौतहटको दुई पालिकामा दुई बालबालिकाको खाल्डोमा डुवेर मृत्यु

रौतहट ः रौतहट जिल्लाको दुई पालिकामा दुई बालबालिकाको खाल्डोमा डुवेर मृत्यु भएका छ ।

रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्वर ५ शिवनगरका संदिप साह सोनारको छोरा ४ वर्षीय सुवास साह सोनारको घर नजिकै रहेको खाल्डोमा जमेको पानीमा डुबेर शनिवार साँझ मृत्यु भएको छ ।

भने त्यसतै रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्वर २ लक्ष्मिनियाका दुखी साहकी ३ बर्षिया छोरी अनुश्का कुमारी साहको खाल्डोमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।

बाढी र बर्षाबाट खाल्डोहरुमा पानी जमेको हुँदा बालबालिकाहरु माथि अभिभावकको ध्यान हटेको कारण ति दुई बालबालिकाहरुको डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए ।

मृत्यु भएको खवर पाएपछि प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरी बालबालिकाको शव शतगतको लागि परिवारलाई जिम्मा लगाइएको बताए छन ।

प्रतिक्रिया