Wednesday 15th of January 2025

गाउँपालिका अध्यक्षको गाडिबाट ८ लाख घुस बरामद, गाडी र चालक नियन्त्रणमा

0 Shares

जनकपुरधाम ः धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतको गाडीबाट ८ लाख रुपैयाँ घुस बरामद भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलिले ८ लाख रुपैयाँ घुस रकमसहित गाडी र चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको छ ।

गाउँपालिका अध्यक्ष राउत भने गाडबाट कुदेर फरार भएका छन् ।

गाउँपालिका अन्तर्गतको विकासे योजनाको कामको भुक्तानी दिन उक्त रकम कमिसन लिएको अवस्थामा गाउँपालिका अध्यक्ष राउतलाई अख्तियारको टोलिले पछ्याएको थियो ।

फरार गाउँपालिका अध्यक्ष राउतको खोजीकार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया