जनमत पार्टीमा धनुषाका दर्जनौं कार्यकर्ता प्रवेश

जनकपुरधाम ः धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ कुम्हरौरामा आईतवार विभिन्न पार्टी परित्याग गरी दर्जनौं कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जनमत पार्टीका वडा संयोजक इसराफुल राईनको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम भएको हो । सो कार्यक्रममा महेश झा, दिपेन्द्र झा, मोहन साह, दिनेश साह, संजिला खातुन, राजीना खातुन लगायतका कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई जनमत पार्टीकी केन्द्रिय सचिव अनिता साह र केन्द्रीय सदस्य इन्द्रजित यादवले टिका लगाएर स्वाग गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै पार्टीकी केन्द्रिय सचिव साहले संगठन विस्तारमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरिन् ।

उनले संगठन मजबुत भएपछि मधेस जनता राज कायम हुने बताइन् । उक्त कार्यक्रममा धनुषा अध्यक्ष ओम बिक्रम कुशवाहा, जिल्ला उपाध्यक्ष उपेन्द्र रोहिता, जिल्ला सदस्य चन्द्रदिप यादव लगायतको उपस्थिति रहेको थियो ।    यो समाचार आजको जनकपुर टुडे पत्रिकामा छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार