Monday 9th of December 2024

प्रदेश २ ः अवैध समान बरामद

0 Shares

जनकपुरधाम ः भन्सार छली गरेर भारतबाट ल्याई स्टोर गरेर राखेको अवस्थामा लाखौं मुल्य बराबरका अवैध समान प्रदेश प्रहरीले बरामद गरेको छ ।

गोप्य सुचनाको आधारमा समान स्टोर गरेर राखिएको अबैध सामान प्रदेश २ का प्रदेश प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले धनुषाको विदेह नगरपालिकामा छापा मारेर बरामद गरेको हो ।

उक्त समान ५ लाखभन्दा बढी मुल्य बराबरको रहेको बताइएको छ । प्रहरीका अनुसार नगरपालिका ३ दुहवी गोबराहीका दिलिपको घरबाट शनिबार अवैध सामान बरामद गरिएको हो ।

भारतदेखि तस्करी गर्दै ल्याएर राखिएको पेय पदार्थ, सागर दुध,कपडा धुने पाउडरलगायतका किरानाका समानहरु व्यापारी दिलिपको घरबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया