सूचना नदिनको लागि आन्दोलन गरेकोछ ः पुर्व सभासद सिंह

गौर  : रौतहटको राजदेवी नगरपालिकाका कर्मचारीहरु कामकाज बन्द गरेर आन्दोलनमा उत्रेका छन् ।

निर्वाचित जनप्रतिनिधिको कार्यशैलीप्रति असन्तुस्टी जनाउदै कर्मचारीहरुले कार्यालयका कामकाज बन्द गरि आन्दोलित भएका हुन् । नगरपालिकामा केहि समयदेखि कार्यालय प्रमुख , प्रशासन शाखामा ताल्चा लगाउने तथा प्रमुखदेखि तलो श्रेणीका कर्मचारीहरुलाई जनप्रतिनिधि र उच्श्रृंखल व्यक्तिहरुद्वारा बारम्बार धम्काउने, गाली, बेइज्जति कुटपिट गर्ने जस्ता कार्य भैरहेकोले दैनिक कार्य गर्ने बातावरण र सुरक्षाको प्रत्याभूति नभए सम्म नगर कार्यपालिका र सम्पूर्ण वडा कार्यालयहरुको दैनिक कामकाज बन्द गरि नगर प्रमुख पक्षका कर्मचारीहरु आन्दोलनमा बसेका हुन् ।

नगर प्रमुख धिरेन्द्र कुमार सिंह र केहि निर्वाचित वडाध्यक्ष ,सदस्य एक पक्षमा भइ नगर उपप्रमुख अंशु सिंह र वडा नम्बर ९ का वडाध्यक्ष पुलिन्द्र दासलाई सुविधाबाट बन्चित गरि अघि बढ्दै गरेकोमा नगर उपप्रमुखले सुचना माग्दा नदिने उदेश्यले नगरपालिका कर्मचारीहरु आन्दोलन गरेको बुझिएको छ । असार महिनासम्म गौरमा लेखा फाँट संचालन गरेका निमित प्रमुख प्रशासकीय अधिकृत सुबोध साह , लेखापाल नागेन्द्र साह , स्वास्थ्य संयोजक चन्देश्वर साह , वडा नम्बर ४ का वडाध्यक्ष भाग्य नारायण साह , वडा नम्बर ८ का वडाध्यक्ष शंकर राय यादव , ७ का वडाध्यक्ष संजय कुमार यादव , वडा नम्बर ६ का अच्छेलाल राउत , २ का सनुप महतो नगर प्रमुख सिंहको पक्षमा रहेका छन् ।

नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष राम नरेश यादव भने उप प्रमुखको पक्षमा रहेकोले नगर प्रमुख सिंहले नगर परिषद गर्दा उपमेयरको पक्षमा भएका २५ जना नगर सभा सदस्यलाई बाहिर राखेर पाचौ नगर सभा गरेको थियो ।

सो नगर सभाको निर्णयको प्रतिलिपि माग गर्दा नदिएको कारण उपमेयरले साहलाई उनकै कार्यकक्षमा ३ घण्टा थुनेपछि कर्मचारीहरु विरोधमा उत्रेका हुन् । नेपालको संविधानमा प्रत्येक नेपाली नागरिकको सुचना पाउने हक हुनेछ भनि संवैधानिक व्यवस्था अन्तर्गत लिखित रुपमा कागजपत्र माग्दा जनप्रतिनिधिले काम गर्ने असहज बातावरण सृजना गर्यो भनि आन्दोलनको खेल खेल्नु सुचनाको हक सम्वन्धि ऐनको दुरुपयोग गर्नु रहेको नगर उपप्रमुख सिंहले टिप्पणी गरिन् ।

स्थानीय सरकार संचालन ऐनले दिएको अधिकारबाट नगर प्रमुख सिंहले बन्चित गर्नु लोकतन्त्र र संविधानको उपहास भएको भन्दै संवैधानिक हकको अवहेलना गर्नु कानुन सम्मत नरहेको तर्क गरिन् । नगरपालिकाले विगतका वर्षमा गरेको खर्चको हिसाव किताव सार्वजनिक गर्न नपरोस भनि उदेश्यले आन्दोलनको नौटंकी गरेको पुर्व सभासद बबन सिंहले आरोप लगाए ।

वर्षौदेखि झोलामा कार्यालय संचालन गर्दै आएकोले प्रमाणित कागज पत्र दिए पोल खुल्ने डरको कारण माग गरिएको सुचना लुकाउने गरेको दावी सिंहको रहेको छ । नगरपालिकाको भवन हुदा हुदै मेयरले गौरमा प्रभात चौक नजिक नीजि घरमा कार्यालय संचालन गर्दै आएको बताउदै कार्यालयमा जडान गरिएको सिसि कैमरा र एलेक्ट्रोनिक हाजिरी मेशिन चेक गर्न सम्वन्धित निकायसित आग्रह गरे ।
निमित प्रमुख प्रसासकिय अधिकृत सुबोध साह , लेखापाल नागेन्द्र साह , वडाध्यक्ष भाग्य नारायण साह तथा स्वास्थ्य संयोजक चन्देश्वर साहको राय सल्लाह अनुसार नगर प्रमुख योजना छनौट , बजेट विनियोजन र भुक्तानी गर्ने गरेको नाम सार्वजनिक नगर्ने सर्तमा एक कर्मचारीले बताए ।

सुबोध साह मेयरको सवै भन्दा नजिकको मानिएको छ भने लेखापाल गाउकै रहेका छन् । स्रोतका अनुसार गएको आर्थिक वर्ष र चालु आर्थिक बर्ष गरि करिव १ करोड ५० लाखको हैंड पाइप जडान भएको छ जो आफ्नो पार्टी कार्यकर्तालाई र भोट दिने शर्त गरेकालाई मात्र जडान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार