सर्लाहीमा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक जना घाईते

सर्लाही ः सर्लाहीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हरिवन नगरपालिका–४ बस्ने सलाकत मन्सुरकी ६२ वर्षीया पत्नी तेतरी खातुन रहेको प्रहरीले जनाएको छ ।

क्रमणबाटै एकजना घाइते समेत भएका छन् । स्थानीय आभाष रायको विवाह घरमा जाने क्रममा अचानक सोमबार बिहान २ बजे जंगली हात्तीले ती वृद्धा महिलालाई आक्रमण गरेको थियो ।

आक्रमणबाट उनी गम्भीर घाइते भएकी थिइन् । नमुना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात थप उपचारका लागि नेशनल मेडिकल कलेज बिरगञ्ज रिफर गरिएकोमा उनको सोही क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

यस्तै बागमती नगरपालिकामा हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन् ।

बागमती नगरपालिका–४ रेल्वे नजिकै हात्तीले आक्रमण गर्दा ३५ बर्षीय पुरुष घाइते भएका हुन् ।

नाम र ठेगाना खुल्न नसकेका व्यक्तिको नमूना अस्पताल हरिवनमा प्राथमिक उपचार गरी थप उपचारको लागि नारायणी उप–क्षेत्रीय अस्पताल वीरगञ्ज पठाइएको प्रहरी प्रवक्ता बुढाथोकीले बताए ।

प्रतिक्रिया