Wednesday 15th of January 2025

मोटरसाइकल दुर्घटना हुँदा धनुषामा एक युवकको मृत्युु

0 Shares

धनुषा : धनुषामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्युु भएको छ ।

मृत्यू हुनेमा कमला नगरपालिका ३ पर्सा टोलका ३४ वर्षीय शंकर यादव रहेका छन् ।

धनुषाको हँसपुर नगरपालिका-९ स्थित बालगंगा चोक नजिकै राति प्रदेश ३ ०२ ००९ प ७८१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा यादव गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया