Thursday 30th of May 2024

रेशम चौधरीले भनेः हेड काउन्टबारे वान टु वान कुरा गरेर फैसला गर्छु

0 Shares

काठमाडौं: जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी हेड काउन्टका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन्।

उपेन्द्र यादव र महन्थ ठाकुरमध्ये कुन पक्षमा सनाखत गर्ने भन्ने पत्रकारको प्रश्नमा चौधरीले आफूले नेताहरूसँग कुराकानी गरेर मात्र निर्णय लिने बताए।  उनले आफूहरूको छुट्टै मुद्दा र समस्या रहेको जिकिर गर्दै नेताहरूले यसबारे के गरिरहेको छ भनेर बुझ्ने र त्यसपछि मात्र सनाखतबारे निर्णय लिने बताए।

उनले पहिले उपेन्द्र यादवसँग छलफल गरेर महन्थ ठाकुरसँग छलफल गर्न पुगेका छन्।

प्रतिक्रिया