ठुला ठुला शिवाल्यहरु बन्द भए पछि गाँउका शिवालयमा भिडभाड

महोत्तरी : कोरोना संक्रमणका कारण ठूला ठूला शिवालयहरु बन्द भए पनि गाँउघरका शिवालयहरुमा भिडभाड बढेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले सुचना जारि गर्दै कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको हुँदा जिल्लामा मेला, धार्मिक यात्रा तथा जमघटमा रोक लगाए पछि गाँउ घरका शिव मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ ।

आज साउन महिनाको दोस्रो सोमबारी । आज भगवान शिवको धुमधामसंग पूजा अर्चना गरियो । बिहानैदेखि महोत्तरीको गौशाला नगरपालिका १०/११ स्थित बटौवाका शिव मन्दिरमा लगायत जिल्लाको गौशाला, बर्दिबास, औरही, जलेश्वर, रामगोपालपुर तथा देशका विभिन्न शिवालयहरुमा पूजा अर्चना गर्ने भक्तजनहरुको घुइँचो लागेको थियो ।

साउन महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पुजा गर्नाले मनोकामना पुरा हुने, दीर्घायु, सुख, शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ती हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरूले सुयोग्य वरको कामना गरी ब्रत बस्ने गर्दछन् ।

साउन भगवान् शिवको महिना हो । अनि सोमवार उहाँको प्रिय दिन हो । शिवपुराणमा वर्णन गरिएअनुसार, शिव परमब्रह्म हुन् ।

हिन्दु धर्मावलम्बीहरूले भगवान शिवको शक्तिलाई विशेष रूपमा लिने गर्दछन् । हरेक वर्ष साउनको सोमबार ब्रत बसेर शिवको पूजा आराधना गर्ने चलनले पनि हिन्दु धर्मावलम्बीहरूका लागि ठुलो महत्व बोकेको छ । साउन महिनालाई भगवान शिवको प्रिय महिनाको रूपमा चिनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार