महोत्तरी / जिल्ला प्रशासन कार्यालय महोत्तरीले सरकारी कार्यालयमा रहेको हलुका तथा मझौला सवारीसाधनहरुलाई विदाको दिनमा प्रयोगमा नल्याउनका लागि निर्देशन दिएको छ ।
मंगलवार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै सरकारी नम्बर प्लेट भएका स्थानियतह, विभिन्न सरकारी कार्यालयको नाममा रहेको यस्ता सवारीसाधनहरु विदाको दिन विना कारण प्रयोगमा रोक लगाईएको हो ।
यस्ता सवारीसाधनहरु अति आवश्यक भएको खण्डमा प्रयोग गर्नुपुर्व जिल्ला प्रशासन कार्यालय वा सम्बन्धि ईलाका प्रशासन कार्यालयबाट अनुमतिपत्र (पास) लिई मात्र प्रयोगमा ल्याउनका लागि सवै मातहतमा निर्देशन जारी गरिएको हो । त्यस्ता सावारीसाधनहरु विना कारण प्रयोगमा ल्याईएको खण्डमा प्रहरीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाईने प्रमुख जिल्ला अधिकारीले जारी गरिएको प्रेस विज्ञप्तिमार्फत जानकारी गराईएको हो ।