स्वतन्त्र रुपमा काम गर्ने वातावरण सृजना हुने किसिमको भुमिका निर्वाह गर्न मन्त्री साहको निर्देशन ।।

गौशाला : संचारमाध्यमलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण सृजना हुने किसिमको भुमिका निर्वाह गर्नका लागि प्रदेश मिडिया काउन्सिललाई आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले निर्देशन दिनुभएको छ ।

मंगलवार जनकपुरधामस्थित काउन्सिलको कार्यालय अनुगमनको क्रममा मन्त्री साहले स्वतन्त्र रुपमा काम गर्ने यहाँका पत्रकारलाई राम्रो गर्नेलाई प्रोत्साहन र गलत मनसाय हुनेलाई कारवाहीको वातावरण निर्माण हुने किसिमको भुमिकामा प्रस्तुत हुनका लागि काउन्सिललाई आग्रह गर्नुभएको हो ।

मन्त्री साहले प्रदेश नं. २ का पत्रकारहरुलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण निर्माण गर्ने किसिमको भुमिका निर्वाह गर्नका लागि प्रदेश सरकार तयार रहेको धारणा राख्नुभएको छ । पत्रकार प्रशिक्षण, लेखन, वाचनलगायत प्रभावकारीताको सवालमा काम प्रदेशभरिमा नै कार्यसम्पादन गर्नुपर्ने अनेकौ कार्यहरु रहेकोले साउन भदौमा बार्षिक कार्यक्रम तयार गरि बर्षापछि नियमित रुपमा काम गर्नेपर्नेमा जोड दिनुभएको छ ।

मन्त्री साहले प्रदेश मिडिया काउन्सिल संचालनका लागि आवश्यक पर्ने जनशक्ति र सामग्रीको वन्दोवस्त चाँडै नै प्रवन्ध गर्ने
सोहीवीच आन्तरिक मामिला तथा सञ्चारमन्त्री साहलाई कर्मचारी अभावमा कार्यालय बन्द जस्तै रहेकोले रिक्त दरवन्दी पूर्ति गरिदिन प्राधिकरणले ध्यानाकर्षण पत्र बुझाएको हो ।

गत बैशाख १५ गते स्थापना भएको प्रदेश २ आमसञ्चार प्राधिकरणमा आवश्यक कर्मचारीको अभाव तथा प्राधिकारणको खाता सञ्चालन नहुँदा कार्यसम्पादनका लागि समस्या सिर्जना भएको अध्यक्ष साहले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार