Wednesday 15th of January 2025

‘फ्री फायर र पब्जी’ बन्द गर्न सांसद आशाकुमारी विकले गरिन् सरकारसँग आग्रह

0 Shares

काठमाडौं : अनलाइन गेमका कारण बालबालिकाहरु मानसिक रोगी बन्दै गइरहेको बताउँदै अनलाइन गेम तत्काल बन्द गर्न सांसद आशाकुमारी बिकले सरकारसँग आग्रह गरेकी छिन्। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले त्यस्ता गेम बन्द गर्न आग्रह गरेकी हुन्।

उनले भनिन्, ‘टेक्नोलोजीको जमानामा ‘इन्टरनेटको प्रयोग बढनु खुशीको कुरा हो। तर, पब्जी र फ्रि फायर जस्ता खेलको लतमा बालबालिकाहरुमा डराउने, झस्किने, जिद्दीपना जस्ता अनौठो बानी देखिन थालिएको छ। त्यसकारण अनलाइन गेम बन्द गरियोस्।’।

अनलाइन गेम तत्काल बन्द नभए पछि गएर उनीहरु मानसिक रोगी बन्न सक्छन्। सरकारले यी गेम बन्द नगरे अभिभावक नै न्याय खोज्दै अदालत जानुपर्ने दिन आउने उनले बताइन्। यस्तै प्रभाव रहीरहे भविष्यमा मानसिक अस्पतालको कमी हुने पनि उनको भनाइ छ।

प्रतिक्रिया