धनुषा ः धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकाको कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरी धर्नामा बसेका छन् ।
कमिसन बापत लिएको ८ लाख रुपैँया गाडीबाट फालेर फरार भएका गाउँपालिका अध्यक्ष राउतलाई पक्राउ गर्न माग गर्दै विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्ता सहित, नागरिक समाज तथा त्यहाँका सर्वसाधारणले गाउँपालिकामा तालबन्दी गरेका हुन् ।
बटेश्वर गाउँपालिकाका हरेक योजनामा अध्यक्ष राउतले व्यापक कमिसन लिएको आरोप लगाउँदै उनीहरुले हरेक विकासे योजनाको फाइल नियन्त्रणमा लिई अख्तियारलाई थप अनुसन्धान गर्न समेत माग गरेका छन् ।
एउटै योजनाको अन्तिम भुक्तानमीमा मात्र ८ लाख रुपैँया बढी कमिसन लिएको आरोप लगाउँदै तालाबन्दी गरेका युवाहरुले सबै योजनामा ठेकेदार, उपभोक्ता समिती तथा कर्मचारीलाई थर्काउँदै व्यापक कमिसन अशुल गरेको आरोप लगाएका छन् ।
कमिसनबाटै आफन्तको नाउमा करडौँ रुपैँया बराबरको जग्गा, घडेर तथा घर ठडयाएको धर्नामा बसेकाहरुले दावी गरे ।