चौबीस घण्टामा २० कोरोना संक्रमितको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ । सोही अवधीमा ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ५१८ जनामा कोरोना परीक्षण गरिएको थियो ।

चौबीस घण्टामा १ हजार ७७८ संक्रमित निको भएका छन् ।

कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ भने संक्रमित हुनेको संख्या ६ लाख ८५ हजार ६७३ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ हरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार