भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरिएको ४० वटा राँगा प्रहरीको नियन्त्रणमा

सप्तरी : भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरिएको ४० वटा राँगा सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको सुरुङा नगरपालिका वडा नम्बर १० स्थित बलान खोला नजिकबाट ती राँगालाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

बलान खोलाको पश्चिम किनार हुँदै ल्याउँदै गरिएका ती राँगालाई आवश्यक कार्वाहीका निम्ति राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार