जनकपुर : धनुषामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ गोठकुहाका श्रीप्रसाद यादवका छोरा २१ वर्षीय गोबिन्द यादवको कुटपिटबाट मृत्यू भएको हो ।
मँगलबार बिहान साढे ६ बजे घर नजिकै ककर्लाको झाडीमा कुटपिटबाट गम्भीर घाइते भएको अवस्थामा गोविन्द फेला परेका थिए ।
उनको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यू भएको इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ ।
अज्ञात समूहले गएराती नै उनलाई कुटपिट गरी झाडीमा फालेर भागेको हुन सक्ने आशंका गरिएको छ ।
बिहान गम्भीर अवस्थामा फेला परेका गोविन्दलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो । तर यहाँ उपचार सम्भव नहुँदा थप उपचारको लागि बिराटनगर रेफर गरिएको थियो ।
दिउँसो २ः३० बजे उपचारको क्रममा युवक गोविन्दको मृत्यू भएको परिवारजनले बताएको छ ।
घटनामा संलग्न भएको हुन सक्ने आशंकामा प्रहरीले चारजनालाई नियन्त्रमा लिएको छ । स्थान मुर्बल यादव सहित अन्य थप तीन जनालाई पक्राउ गरिएको बुझिएको छ ।
घटना विषयमा थप अनुसन्धन गरिरहेको इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक संवित भण्डारीले जानकारी दिए ।