गौशाला : प्रधानाध्यापकमाथि हातपात गर्नेलाई कानुन अनुसार कारवाहीको माग गर्दै विभिन्न शिक्षक संघ संगठनले सरोकारवाला निकायसमक्ष माग गरेका छन ।
गौशाला – ६ स्थित मावि फुलकाहामा दिवा खाजा व्यवस्थापन समितीबाट श्रीमतीको नाम हटाएको निहुँमा प्रधानाध्यापक उपर हातपात गर्ने रामबाबु यादव र उनका छोरा मनोहर यादवलाई कारवाहीका लागि जिल्लास्थित शिक्षक संघ संगठनले प्रेस विज्ञिप्त जारी गर्दै कारवाहीको लागि माग गरिएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनका महोत्तरी अध्यक्ष रामउमेश यादवले विद्यालय परिसरमा पसि गाली वेईज्जती र हुल हुजैत गर्नेलाई कारवाहीको लागि माग गरिएको हो ।
त्यस्तै नेपाल शिक्षक महासंघ सोनमा गाँउपालिका कार्यसमितीले समेत कानुन अनुसार कारवाहीको लागि माग गरिएको हो । यता नेपाल राहत शिक्षक जिल्ला कार्य समिती महोत्तरीले पनि कारवाहीको लागि सरोकारवाला निकायसमक्ष माग गरेको हो । विद्यालयमा सञ्चालित दिवाखाजा समितिको नामबाट श्रीमतीको नाम हटाएको निहुँमा स्थानीय रामबाबु यादव उर्फ जहराले आफुमाथि हातपात गरेको प्रधानाध्यापक ठाकुरले आरोप लगाएका हुन् ।
मंगलबार कक्षा सकिएर कार्यालयमा आउनुभएका प्रधानाध्यापकमाथि यादव र उनका छोरा मनोहर यादवले गाली गलौज गर्दै हातपात गरेको उनको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र राय यादवले सम्झाउदा समेत नमानेको उनले बताए ।
गएको माघ ५ गते विद्यालयमा गठित दिवा खाजा व्यवस्थापन समितिको नाममा रहँदै आएको श्रीमती शान्तिदेवी यादवलाई एकाएक हटाएको भन्दै रामबाबुले आफूलाई हातपात गरेको विद्यालयका प्रधानाध्यापक शैलेन्द्र ठाकुरले दावी गरे । रामबाबु यादव वडा नं.- ६ का वडासदस्य शान्तिदेवी यादवका श्रीमान् हुन ।