बर्दिबास ः बर्दिबास नगरपालिकालाई सैक्षिक हवको रुपमा पहिचान बनाउने जनप्रतिनिधीहरुले मुख्य प्राथमिकता दिएतापनी ब्यवहाँरिकरुपमा भने महसुस हुन नसकेको गुनासो बढन थालेको छ ।
अझ सरकारी बिद्यालयबिचमा नै बढेको अस्वस्थ प्रतिस्पर्धाले अध्यापन गराउने शिक्षक मात्र हैन अभिभावक समेत निराश बनेका छन ।
पटक–पटक बिद्यालयका समस्याहरुका बिषयमा नगरप्रमुख र नगरपालिकाको शिक्षा साखालाई ध्यानाकर्षण गराएतापनी सुनुवाई नहुँदा बर्दिबास नगरपालिका–९, पशुपतीनगरका एक जना प्रधानध्यापकले नगरप्रमुख बिदुर कुमार कार्कीलाई खुल्ला पत्र लेखेका छन ।
पशुपतीनगरभित्र राजनिती अभिष्ट पुरा गर्न कै लागी स्थानिय शिक्षकलाई हटाएर बाहिरबाट शिक्षक ल्याउने दुसाहसप्रती प्रधानध्यापक धर्मेन्द्र कुमार महतोले आपत्ती जनाएका छन ।
बिद्यालयमा शिक्षक कै माध्यमबाट बालमैत्री बातावरण बनाउनुको सट्टा आफ्ना मातहतका शिक्षक नियुक्ती गरी बिद्यार्थीको बालमैत्री बातावरणलाई ध्वस्त बनाउन लागेको प्रती प्रधानध्यापक महतोले पत्रका माध्यमबाट समबन्धीत निकायलाई ध्यानाकर्षण समेत गराएका छन । प्रस्तुत छ उन्ले लेखेको जस्ताको तस्तै सम्पादन नगरेको खुल्ला पत्र ।
नगर प्रमुखलाई प्र.अ. को खुल्लापत्र
मितिः २०७७/११/१९
श्रीमान् नगर प्रमुख
बर्दिवास न.पा.
नमस्कार !
अरुलाई आतंकिगर्ने आफै कमजोर हुन्छ भनितपाइको काम बाट प्रष्ट हुन्छ भन्ने कुरा सबैले बुुझोस् । गोरुलाई खुवाएर गाईलाई दुहने प्रयासलाई सफलतामिलोस् । बर्दिवासलाई शिक्षाको हावबनाउने अभियानमा राम्रो शिक्षाकलाई सरुवाआफ्नो १ मात्रलक्षितविद्यालयमा सार्नु र अर्को ठाँउमा पुरानो सोंच , र रिटाएर हुनलागेको २ जनाशिक्षकलाई ल्याएर कक्षा १ – ५ सम्म राम्रो प्रविधियुक्त र क्ष्ऋक्ष् को यग छ , त्यो अनुसार पढाउनुु नत्र १० वर्ष पछाडि मानिसले भातखानपाँउदैनन् भन्ने तपाईंको चिप्लो भाषणले टायरगाडाले तपाईं अमेरिकाजानलागेको कुरा प्रष्ट हन्छ
म लगायतवि.व्य.स.का सम्पुर्ण पदाधिकारीहरु तपाईं सगँविद्यलयमाशिक्षकअपुुग छ ,माग्नजाँदातपाईंले मलाई सोध्नुु भएकोप्रश्नहरु एकपटक सवै शिक्षक , तपाईं ,शिक्षक पे्रमी , पुर्व शिक्षामन्त्रीतथाजनसमुदायलाई अवगत गराउन चाहन्छु ।
प्रश्नहरु
१. विद्यालयमा माविद्यार्थी छ ?
→अहिले ९७ छ , अरु भर्ना हुदै छ ।
२. कति छ ?
→ ९७
३. त्योसँग मतलव छैन म आएर हेर्छु !
→उहाँले जवाफदिनुु भयो ।
४ जग्गा छ ?
→छ ।
५ कति छ ?
→ ८ कठा
६. नमवरी छ ?
→छ ।
७. लालपुर्जा छ ?
→ छ ।
८. कति पढे छौ ?
→वि.एड ।
९. सर्टिफिकेट कहाँबाट ल्याएछौ ? किनेर !
→ पढेर ।
१०. रगत छैन् ?
→छ ।
अहिले जतिभनेपनि म मानदिंन । मआफै आएर हेर्छु । –त्यो नजिकै अर्को जनज्योतीविद्यालय छ , त्यसलाई म यस्तो बनाउँछु कित्यहाँनामाङकनगर्न अभिभावकहरुको लाइन लाग्छ ।)
→मैले भने ठिकै छ आएर हेर्नुस् तपाईं जे हेर्नुहोलात्यसलाई आधार मान्नुहोला ! मैले भने म प्र.अ. भएको धेरै दिनभएको छैन । म गरेर देखाँछुशिक्षकदिनुस र १ पटक मौकादिनुस् म गरेर देखाँछु भन्ने कुरा भएको थियो ।
यो मेरो जवाफलेतपाईलाईचोट पुग्यो तपाईले यो सहास देखेर तपाई डराउनु भएको छ यस्तो लाग्छ । तपाई जनमुखिविद्यालयलाई सुधार्न होइनविगार्न र आफ्नो स्वार्थ पुरा गर्न मलाई गाली गरेको मैले बुझेको छु । म यो दराज भरीको पुस्तक पढर्छु त्यतिकै यो नगर पालिकाचलाएको होइनतपाईले मलाई भन्नु भयो तर म भन्छु तपाईं सवै पढ्नु भयो तर क.ख विर्सिनु भएको जस्तो मलाई लाग्छ किनभने २ जनाशिक्षकपहिले नै थियो दुवैलाई सरुवा गरेर २ जनामात्रथप्नु भएको छ ।
अन्त्यमा म भन्न चाहन्छु किनमरी जग्गाको पनिलालपुर्जा छ कि छैन भन्ने प्रश्न सोधेपछि म तपाईंको रिस र बुद्घि लाई यकिनगर्न सकिन । राम्रो शिक्षकदिनुस्! विद्यालयअवश्यपनि राम्रो नै चल्ने छ भन्ने मेरो इच्छा छ । बाँकीअर्को पत्रमा लेख्ने छु !
प्रधानाध्यापक
धर्मेन्द्र कुमार महतो
श्री जनमुखीआ.वि. बर्दिवास –९
पशुपतिनगर