पक्राउ परेका अभियुक्तलाई छुटाउन ईलाका प्रहरी कार्यालय पोखरीयामा राजनीतिक दलका नेताहरुले दबाब दिनुका साथै ठूलै चलखेल भएपछि आज साँझ अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा ल्याइएको छ ।
पक्राउ परेका अभियुक्तलाई छोडाउन लगातारको दबाब थेग्न नसकेपछि इलाका प्रहरी कार्यालय पोखरीयाबाट वडा अध्यक्ष अम्बिका सहनीसहित ३ जनालाई आज साँझ जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
अभियुक्तहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको खनालले बताए । खैरो हिरोइन प्रकरणमा वडा अध्यक्ष अम्बिका सहनीसहित बलिस्टर सहनी र रामअदेश सहनीलाई पक्राउ गरिएको थियो ।
वडा अध्यक्ष सहनीले सरकारी मोटरसाइल प्रयोग गरी खैरो हिरोइनको कारोबारमा संलग्न भएको बेला प्रहरीले साउन ३ गते राति रङ्गेहत पक्राउ गरेको थियो ।
प्रदेश २ ः सरकारी मोटरसाइकलमा खैरो हेरोइन तस्करी, वडाध्यक्ष र सदस्य पक्राउ
प्रतिक्रिया