Wednesday 15th of January 2025

नागरिक दैनिकको कार्यालयमा तलब नपाएका पत्रकारहरुको धर्ना

0 Shares

काठमाडौं : नेपाल रिपव्लिक मिडिया प्रालिद्वारा संचालित नागरिक दैनिकमा कार्यरत पत्रकारहरुले पारिश्रमिक नपाएको भन्दै बुधबारदेखि धर्ना सुरु गरेका छन् ।

नागरिक दैनिकको मुख्यालय प्रांगणमा दिउँसोदेखि पारिश्रमिक नपाएका पत्रकारहरुले धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी, पूर्वसचिव रामप्रसाद दाहाल, प्रेस युनियनका महासचिव अजय सिवाकोटी पुगेर एक्यवद्धता जनाएका थिए ।

धर्नामा नागरिक दैनिकका सर्लाही संवाददाता टंक क्षेत्री, पाँचथर संवाददाता गिरीराज बास्कोटा, सिन्धुली संवाददाता अनिल भण्डारी, महोत्तरी संवाददाता महेशकुमार दास, तनहुँ संवाददाता श्रीहरि पौडेललगायत बसेका छन् ।

नागरिक दैनिकले कार्यरत पत्रकारलाई करिब तीन वर्षदेखि पारिश्रमिक नदिएको धर्नामा बसेका संवाददाताहरुले बताएका छन् ।

धर्नामा बस्नु एकसाता अघि युनियनमार्फत उनीहरुले प्रधान सम्पादक र व्यवस्थापनलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्रमा कुनै सुनवाई नभएपछि बाध्य भएर पीडित पत्रकारहरु धर्नामा बसेका हुन् । उनीहरुले माग पुरा गर्न दवाव दिँदै धर्ना तथा कार्यलयमा तालाबन्दीसम्मको कार्यक्रम तय गरेका छन् ।

nagarik gyapan.JPGnagarik gyapan1.JPG

प्रतिक्रिया