उखु किसानको आन्दोलनको सम्बन्धमा विस्तृतमा जानकारी नभएको महासंघका केन्द्रिय अध्यक्ष मैनाली

गौशाला / उखु किसानहरु काठमाण्डौमा गई भुक्तानी माग्दै आएको सम्बन्धमा विस्तृतमा जानकारी नभएको उखु उत्पादक कृषक महासंघका केन्द्रिय अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभएको छ । आज विहान रेडियो रुपान्तरणसँग कुराकानीको क्रममा अध्यक्ष मैनालीले आफनै जिल्ला सर्लाहीका किसानहरु उद्योगीसँग भुक्तानी दिलाउनका लागि पछिल्लो समयमा गर्दै आएको आन्दोलनको सम्बन्धमा आफुहरुसँग कुनै किसिमको समन्वय नभएको बताउनुभएको छ ।

Bizpati.com - Leading Economic Online News Portal From Nepal | उखु किसानले  अझै पाएनन् भुक्तानी
file photo

आज एकाविहानै विभिन्न मिडियाहरुमा खवर प्रसारण भएपछि मात्र यस सम्बन्धमा आफुले थाहा पाएको बताउनुहुँदै अध्यक्ष मैनालीले रेडियो रुपान्तरणसँग भन्नुभयो–‘किसानको आन्दोलनको सम्बन्धमा आन्दोलनमा उत्रिएका किसानहरुसँग कुराकानी गर्ने प्रयास गरेको छु । उद्योगीबाट पिडित भई आन्दोलनका लागि माईतीघर पुगेका किसानहरुको समस्या बुझि उनीहरुको माग सम्बोधन गर्ने सम्बन्धमा आफुहरु प्रयासरत रहेका छौ ।’ सर्लाही र रौतहटका चिनी उद्योगीसँग बाँकी रहेको किसानको पैसा भुक्तानीको लागि आफुले नेतृत्वदायी भुमिका निर्वाह गरि जिल्ला प्रशासन कार्यालयको रोहबरमा रहि किसानले भुक्तानी पाईसकेको अध्यक्ष मैनालीले दावी गर्नुभयो ।

उखु किसानले अझै पाएनन् भुक्तानीएक अर्को प्रसंगमा अध्यक्ष मैनालीले देशमा तीनैतहका सरकार रहेको समयमा कुनै पनि सरकारले उखु किसानको हकमा सोच्न नसकेको तर्क राख्नुभयो । आफुहरु वारम्बार ती सरकारसँग छलफलको माध्यमले समाधानको उपाय खोज्दा समेत उधारोमा सहमति गर्नुपर्ने बाध्यता रहेको कारणले ठोस निष्कर्षमा पुग्न नसकेको बताउनु्हुँदै अध्यक्ष मैनालीले किसानहरुको यस्ता अवस्था रहेको उखु खेती ईतिहासको पानामा सिमित रहने भन्दै चिन्ता जाहेर गर्नुभएको हो ।

यसैवीच सर्लाहीका किसानहरु २९ करोड भुक्तानीको माग गर्दै काठण्माडौमा हिजोदेखि धर्ना दिदै आएका छन ।

कार्यक्रम रुपान्तरण विमर्श विहीबार १४ साउन २०७८

प्रतिक्रिया