Tuesday 21st of January 2025

गाैशालामा टयाक्टरको ठक्करबाट मोटरसाइकल चालक घाईते

0 Shares

नागेन्द्र साह, गाैशाला । महोत्तरीको गौशाला नगरपालिका मा टयाक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा दुर्घटनामा एक युवक गम्भीर घाइते भएको छ ।

आज (विहिबार) गौशाला नगरपालिकाको वडा नं. ४ स्थिर रहेको निगौल ठाकुर पोखरी नजिक पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ज २ त ७८४ नम्बर भएको टयाक्टर विपरीत दिशाबाट आउँदै गरेको ज १० प. २४२६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालक बर्दिवास नगरपालिका वडा नं. १२ बस्ने वर्ष अन्दाजी २४ को विरेन्द्र राउत घाइते भएका हुन ।

घाइतेलाई बर्दिवास स्थित वेटर नेपाल हस्पिटलमा उपचार भई रहेको इ.प्र.का. को कार्यलय गौशालाका प्रहरी निरिक्षक प्रकाश रेग्मीले बताए ।

घटनाको बारेमा थप अनुसन्धान भई रहेको र टयाक्टर र मोटरसाइकल प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक रेग्मीले बताए ।

प्रतिक्रिया