प्रदेश २ ः जेल चलान भएका जसपा दुई नेता धरौटीमा रिहा

रञ्जन यादव, जीतपुर । जेल चलान भएका जसपा बाराका दुई नेताहरु धरौटीमा बुधबार रिहा भएका छन् । आगजनीको अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भई जेल चलान गरिएका जसपा नेता प्रमोद गुप्ता र अरुण सिंह छैटौं दिन छुटेका हुन् ।

६ महिना कैद सजाय तोकिएका उनीहरुलाई बिहीबार जेल चलान गरिएको थियो । जघन्य अपराधबाहेकमा १ वर्षसम्म कैद सजाय पाएका दोषी आचरणमा बसे र प्रतिदिन ३ सय रुपैयाँका दरले राज्यलाई रकम बुझाए छाड्न मिल्ने प्रावधान रहेको अदालतका स्रेस्तेदार गम्भीर घिमिरेले बताए । सोही प्रावधानअन्तर्गत निवेदन दिएका उनीहरू न्यायाधीश प्रकाशप्रसाद पण्डितको आदेशमा रिहा भएको उनले जानकारी दिए । ६ महिनाको कैदबापत जनहि ५४ हजार रुपैयाँ बुझाएर उनीहरु छुटेको जनाईएको छ ।

गाडी जलाएको अभियोगमा गुप्तासहित दुवैलाई २०७४ माघ २५ मा अदालतले ६ महिना कैद राख्ने र पीडितलाई ९ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

प्रदेश २ का यी दुई नेतालाई जेल चलान

प्रतिक्रिया

सम्बन्धित समाचार