Friday 20th of September 2024

महोत्तरीमा काकाको घरमा बिजुली मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु

0 Shares

गौशाला ः महोत्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भंगाहा नगरपालिका–७ बस्ने १७ वर्षीय राजु पासवान रहेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ राजुले आफ्नै काकाको घरमा बिजुली मर्मत गर्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका थिए ।

तत्काल उपचारको लागी बर्दिबास स्थित जनसेवा अस्पताल लगिएको थियो । उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया