Tuesday 21st of January 2025

वडा सचिव उपर संघातिक आक्रमण, वडासचिवहरुद्वारा आन्दोलन ।।

0 Shares

धनुषा ः– धनुषा जिल्लाका नगराइन नगरपालिका–५ गंगुलीका वडा– सचिव सुबोध झा उपर कार्यालयमै साउन ११ गते नगराइन नगरपालिका बस्ने ३२ वर्षीय राधेश्याम झा, ३५ वर्षीय भुवन झा, ३० वर्षीय आलोक कुमार झा लगायतका व्यक्तिले संघातिक आक्रमण गरेको छ ।

साउन ११ गते दिउँसो करिव २ बजे जाँडरक्सी सेवन गरेका आरोपितहरुले वडा सचिवको कार्यकक्षमै पसेर सांघातिक हमला गरेको पिडित सचिवले बताउनु भयो । जाँड रक्सी खाएर कार्यालयमा प्रवेश गरेका उनीहरुले आधारभुत स्वास्थ्य सेवा कर्मचारीहरुलाई समेत दुव्र्यवहार गर्नुको साथै अश्लिल गालीगलौज र धाक धम्की दिएको बताएका छन् ।

घटनाबारे नगराइन नगरपालिकाका ९ वडाका सचिवहरु कार्यालयको कामकाज बन्द गरेर आन्दोलित भएका छन् । वडा सचिवको कार्यकक्षमै पुगेर आक्रमण घटना हुनु निकै दुःखद र निंदनीय रहेको वडा सचिव धर्मेंद्र मिश्रले बताउनुभयो ।

आरोपितहरुलाई गिरफतार गरि हदैसम्मको कानुनी कारवाही गर्न भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला प्रहरी कार्यालय धनुषामा साउन १३ गते नै उजुरी दिएका छन् ।

हालसम्म आरोपितहरुलाई राजनितिक संरक्षण दिदै गिरफतार नगरिएको पिडित वडा सचिव सुबोध झाले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र कुमार मिश्रका अनुसार घटनाबारे अनुसन्धान भई रहेको बताउनुभयो । हामीले आरोपितहरुको खोजीमा लागेको बताउनुभयो ।

प्रतिक्रिया