Tuesday 21st of January 2025

पेप्सीको बोतलले हानेपछि माछा व्यापारी घाईते ।।

0 Shares

गौशाला ः महोत्तरीको गौशाला नगरपालिकामा विहिवारको दिन लाग्ने हटियामा पेप्सीको बोतलले टाउकोमा प्रहार गरे पछि एक माछा व्यापारी घाईते भएको छ ।

आज विहिबार गौशाला नगरपालिका वडा नं. ५ बस्ने श्याम ठाडा मगरको छोरा २१ वर्षिय प्रशान्त ठाडा मगरले औरही न.पा. वडा नं. २ चेपकट बस्ने वर्ष २६ को विहारी सहनीलाई पेप्सीको बोतलले प्रहार गरी घाईते बनाएका छन् । माछा बेची रहेको समयमा आएर रंगदारी शुल्क बीस रुपैया देउ भने पछि आफुले के को बीस रुपैया भने पछि मदिरा सेवन गरेको ठाडाले एक्कासी पेप्सीको बोतलले तीन बोतल टाउको प्रहार गर्दा टाउको फुटेको छ । ठाडालाई प्रहरी हिरासतमा राखी अनुसन्धान अगाडी बढाई सकेको र घाईते सहनीलाई गौशाला पोलीक्लिनिकमा उपचारका लागी पठाई उपचार समेत भई रहेको गौशाला ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप वस्यालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया