Thursday 18th of April 2024

सर्लाहीको हरिपुर्वामा ट्याक्टर दुर्घटना, एकको मृत्यु दुईजना घाईते

0 Shares

मनोज यादव, सर्लाही । सर्लाहीमा आज (बिहिवार)साँझ ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
     

हरिपूर्वा नगरपालिका वडा न-३, धनकौल(पुर्वारी) मा छड, सिमेन्टल गायतका निर्माण सामग्री  बोकेको ज १ त प्रदेश २-२२९६९ नम्वरको ट्याक्टर अनियन्त्रित भइ पल्टिएर भएको दुर्घटनामा ट्याक्टरको टेलरमा बसेका मजदुर  पर्सा गाउँपालिका वडा न-४ बस्ने लालबाबु रायका छोरा १८ वर्षीय रवी रायको घटनास्थलमै मृत्यु भएको छ ,भने सँगै गुडिरहेको  ज ८ प ९२१३ नम्बरको  मोटरसाइकललाई पनि टेलरले   किचेर मोटरसाइकल चालक सोही ठाउँकै अन्दाजी २४ वर्षका ब्रम्हनारायण राय र  अन्दाजी २३ वर्षका मनोज महतो घाईते भएका छन् ।
   

घटना स्थलमा  पुगेका प्रहरी घाइतेहरुको उद्धार गरि हरिपुर्वाकै एक स्थानीय स्वास्थ्य संस्थामा उपचारको लागि पठाई घटना स्थलको मुचुल्का उठाइ मजदुरको शव पोष्टमार्टका लागि  जिल्ला अस्पताल मलंगवा पठाएको प्रहरीले जनाएको छ ।
  

दुर्घटनापछि ट्याक्टर प्रहरी नियन्त्रणमा छ भने चालक फरार भएका छन् ।

प्रतिक्रिया