जनकपुरधाम ः जनता समाजवादी पार्टी(जसपा) बाट हटाइएका राजेन्द्र महतोले आफ्नो पक्षमा रहेका जनसमर्थनको मुल्यांकन गर्न प्रदेश २ को राजधानी जनकपुरधाममा विहिबार आउँदा खल्लो महसुस गरे ।
विमानस्थलमा महतोको स्वागत गर्न प्रदेश सभा सदस्य परमेश्वर साह र हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल बाहेक जनप्रतिनिधिहरुको उपस्थिति देखिएन् ।तर युवाहरु भने उनको स्वागतमा विमानस्थल पुगेका थिए ।सभासद साह र मेयर मण्डल महन्थ ठाकुर निकटका जनप्रतिनिधि हुन् ।
उनका सहयोगी मानिने जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिसोर साहले साथ छाडेका छन् ।महतोको असहयोगले उपमहानगर पालिकाको सञ्चालनमा कठिनाई भोगिरहेका साह पार्टी भन्दा बाहिर नजाने संकेत गरेका छन् । जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग साँसद महतोले भने, ‘उपेन्द्र यादव दिनरात चिच्याउँदा पनि संविधान संशोधनका लागि बन्न नसकेको कार्यदल आफूहरुको दवावले संविधान संशोधन कार्यदल बन्यो ।’ केपी ओलीले त संविधान संशोधनको आवश्यकता र औचित्य नै छैन भनिरहेको उल्लेखगर्दै सांसद महतोले भने, तर उहाँले संविधान संशोधनका लागि सहमत हुनुभयो ।
‘त्यसैले त हामीले सहयोग गर्यौं ’ उनले भने, उपेन्द्र यादव सरकारमा जान लागेकाले आफूहरुले अगाडी बढाएको काम पुरा गरेर देखाउन चुनौती दिन चाहन्छु । फरक प्रसंगमा उनले पार्टी एकतालाई केहि नेताले नरुचाएर बिखण्डित गरेको पनि बताए । पार्टी फुटाउन निर्वाचन कार्यालयमा निवेदन दिएको र आयोगले पनि दुई ठाउँमा बस्न भनेको उल्लेखगर्दै अब जनताले यसको मुल्यांकन गर्ने उनले बताए । जनता समाजवादी पार्टी लोकतान्त्रिक र बामपन्थी अलग भएको उनको भनाई थियो । ‘दुई वटा दल मिल्ने प्रयास भएपनि त्यो सफल हुन सकेन्’ उनले भने, अब दुवै पार्टी अलग भएको छ ।नामले खासै फरक नपर्ने उल्लेखगर्दै कुनै जसपा र कुनै राजपा हुन सक्ने बताए ।उनले नयाँ दल खोल्ने संकेतगर्दै पूर्वमा रहेको राष्ट्रिय जनता पार्टी(राजपा) प्रति चासो देखाए ।
तर राजपा दल दर्ताका लागि निर्वाचन आयोगमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ बस्ने हरिनारायण यादवले सबै प्रकृया पुरागरि निवेदन दिइसकेका छन् ।महतोहरुले राजपा दल अन्य कुनै व्यक्तिले दर्ता गराउन सक्ने अनुमान लगाउनु अगावै यादवले निवेदन दर्ता गराइसकेपछि अब अर्को दल रोज्नु पर्ने बाध्यता भएको छ । राजपा दल दर्ताका लागि आवेदन दिने जसपाका अध्यक्ष उपेन्द्र यादवका समर्थक रहेकाले सहजै त्यो नाम महतोहरुले पाउने संभावना छैन् ।अन्य दल दर्ता गरे अधिकांश नेता, कार्यकर्ताहरु जसपासित नै रहने संकेत महतोले पाइसकेका छन् । उपेन्द्र यादवले १८ महिनामा सरकारमा बस्दा गर्न नसकेको कामहरु १८ दिनमै गराउन सफल भएको महतोले दावी गरे । उनले १८ दिनमै नागरिकता अध्यादेश ल्याएको, ५ वर्षदेखि सैयौं मधेसी नेतामाथि दर्ता मुद्दा फिर्ता गराएको र संविधान संशोधनका लागि कार्यदल बनाएको दावी गरे ।
‘लाखौं मधेसी नागरिकताबाट बञ्चित छन् ’ उनले भने, उनीहरु अनेक समस्या झेलिरहेका छन् । तर नागरिकता पाइरहेका छैनन् । हामीले नागरिकता अध्यादेश ल्यायौं । तर सर्वोच्च अदालतले उल्टाइदियो ।’ जसपामा ओलीलाई समर्थन गर्ने विवाद मत्थर भै कार्यकारिणी समितिको बैठक अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रुपमा बोलाइसकेपछि महतोले यादवपक्षलाई जानकारी नै नदिई गोप्य रुपमा संसदीय दलको नेता चयन भएको पत्र संसद सचिवालयमा दर्ता गराएपछि विवाद चुलिएको थियो । त्यस अगावै महन्थ ठाकुरले एकपक्षिय रुपमा ओली सरकारमा सहभागि हुन लक्ष्मण लाल कर्ण र सर्वेन्द्र शुक्ललाई कार्यदलमा पठाएर विभाजनको रेखा कोरेका थिए ।कार्यकारिणी समिति र संसदमा समेत केहि कमजोर देखिएको बेला ठाकुर र महतोले यादवलाई पार्टीबाट‘आउट’गर्न अनेक प्रयास गरेका थिए ।
यादवपछि पार्टीमा महतोको पक्षमा सांसद र कार्यकारिणी समितिको संख्या रहेको थियो ।त्यस आडमा महतोले ठाकुरको काँधमा बन्दुक राखेर चलाउन थाल्दै ओली सरकारमा जान दललाई नै विभाजित गरे । महतोले अपेक्षा गरे अनुसारको भीड र परिचित अनुहारहरु नदेखेपछि खिन्न भएर निकटका सहयोगीहरुसित रुष्ट भएको प्रत्यक्षदर्शीहरुले बताए । -जनकपुरटुडे पत्रिका