
बर्दिबास ः महोत्तरीको बर्दिबासमा मोटरसाईलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिबास नगरपालिका–३ गौरीडाँडाकी ६६ बर्षीय भद्रामायाँ भुजेल रहेको ईलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी बीरेन्द्र थापाले जानकारी दिनुभयो ।
बर्दिबासबाट सिन्धुली तर्फ जाँदै गरेको लु ५९ प ३७३५ नम्बरको मोटरसाईकलले बिहीबार साँझतिर भुजेललाई बाटो काट्ने क्रममा ठक्कर दिदा घाईते भएको थियो । उपचारका लागि काठमाडौं लाग्दै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाईकल चालक बर्दिबास–३ पाटुका २५ वर्षीय युवराज माझी र मोटरसाईकलमा सवार पुर्णिमा माझी घाइते भएका छन् ।
प्रतिक्रिया