महोत्तरीमा फेरी एक पुरुषको शव फेला

गौशाला : महोत्तरीको मटिहानीमा एक व्यक्तिको शव फेला परेको छ ।

मटिहानी नगरपालिका–८ को बिगही पुल नजिक पिपरा गाँउपालिका–१ बस्ने जितन मण्डलको शव फेला परेको हो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार