अवैध रुपमा भारतबाट ल्याउँदै गरेको १२१ बोरा युरिया मल प्रहरी नियन्त्रणमा

गौशाला : अवैध रुपमा ल्याउँदै गरेको भारतबाट १२१ बोरा युरिया मल महोत्तरीको जलेश्वरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।

शुक्रबार करिब ३ बजेको समयमा जलेश्वर नगरपालिका-५ स्थित पर्सापतैलीका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा युरिया मल बरामद गरेको छ ।

अवैध रुपमा भारतबाट ल्याएको विभिन्न स्थानमा लुकाएर राखेको मल करीब १ लाख २१ हजार बराबरको युरिया मल बरामद गरिएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल ९ नम्बर गण महोत्तरी जलेश्वरले बरामद गरेको युरिया मल आवश्यक जलेश्वर भन्सार कार्यलयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार