Saturday 13th of July 2024

विप्लव काठमाडौं आइपुगे

0 Shares

काठमाडौ ः दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार उनी शुक्रबार बिहान १२ बजेतिर कलंकी आइपुगेका छन्।

कलंकीबाट सभागृह नपुगुञ्जेल उनी बीचमा कतै बस्ने भनेका छन्। तर, त्यो ठाउँलाई प्रहरीले गोप्य राखेको छ।

‘विप्लव काठमाडौं आइपुगिसक्नुभएको छ, उहाँ सभागृह जानुअघि बीचमा केहीबेर आराम गर्ने कार्यक्रम छ,’ प्रहरीका एक उच्च अधिकारीले बताए।

विप्लवलाई चितवनबाट प्रहरीले स्कर्टिङ गरी काठमाडौं ल्याएको ती अधिकारीले बताए।

विप्लव नवलपुरबाट निजी नम्बर प्लेटको गाडीमा हिँडेका थिए।

प्रतिक्रिया