Monday 11th of November 2024

सर्लाहीमा निषेधाज्ञा थप

0 Shares

सर्लाही : सर्लाही निषेधाज्ञा पुन ः १६ दिन थप गरिएको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण सामान्य भइ नसकेको अवस्थामा सर्वसाधारणहरुको स्वास्थ्यमाथी पर्न सक्ने असरलाई ख्याल गर्दै साउन १५ गतेदेखी ३१ गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट शुक्रबार जारी गरिएको निषेधाज्ञालाई अवज्ञा गरेमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बम्मोजिम कडा कारवाही गरिने भन्दै प्रमुख जिल्ला अधिकारी राम कुमार महतोेले स्थानिय प्रशासन ऐन २०२८ र कोभिड –१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बम्मोजिम आदेश जारी गरेको जनाएका छन ।

प्रतिक्रिया