गौशाला : प्रदेशभरिका मिडियालाई व्यवस्थित गर्नु नै आफनो पहिलो काम रहने प्रदेश नं. २ सरकारका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले बताउनुभएको छ ।
आईतबार गौशाला नगरपत्रकार संजालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमकाबीच मन्त्री साहले यहाँका मिडिया र संचारकर्मीलाई व्यवस्थित गर्नु नै आफनो पहिलो लक्ष्य रहने धारणा राख्नुभयो । मिडियालाई व्यवस्थितलाई गर्नका लागि प्रदेश मिडिया काउन्सिल र प्रदेश संचार प्राधिकरणलाई आफुले यसभन्दा अगाडि नै निर्देशन दिईसकेकोले अव अगामी केहीदिनमा नै यहाँका मिडियाहरु व्यवस्थित रहने मन्त्री साहले दावी गर्नुभएको छ ।
प्रदेशभरिका संचारकर्मीलाई प्रशिक्षणको आवश्यकता रहेकोले अगामी केहीदिनमै यसभेगका पत्रकारलाई प्रशिक्षणको व्यवस्थापन गरिने मन्त्री साहले प्रतिवद्धता जनाउनुभयो । सोहीवीच यहाँका संचारकर्मीहरु यहाँ मिडिया संचालनको क्रममा भईरहेको कठिनाई एवम् समाधानको लागि पहल गर्नका लागि मन्त्री साहसमक्ष आग्रह गरेका थिए ।